बुद्धको जन्मदिन

0 0
Read Time:3 Minute, 55 Second

आज बुद्ध जयन्ती ।

हुन त यो दिन संसारले नेपाल चिन्ने थोरै कुरा मध्य एक हुनुपर्ने हो । दुर्भाग्यवश प्रचार प्रसार र राष्ट्रको उदासीनताका कारण यूट्यूबका अधिकांश भिडियो, हलिवुडका केही सिनेमा र बुद्ध धर्मसंग सम्वन्धित वेवसाइटमा समेत बुद्धको जन्मस्थल भारत भनिएको छ ।बुद्ध भारतको, सगरमाथा चीनको अनि बहादुर भनेर चिनिने गोर्खालीहरु समेत भारतीयकरण हुंदैछ – गोर्खाल्याण्डको नाममा । यसरी इतिहास नै हडप्ने कोशिश हुँदा पनि नेपाल सरकारले चुइँक्क बिरोध जनाएको छैन । हुन पनि कमिशन नआउने, र फाइदा नहुने ठाउँमा किन बोल्ने?

र पनि एक दिन हामी (हामी मध्ये केही) मनाउँछौं । र‌ त्यो हामी मध्येमा म पनि पर्छु ।
यहाँनेर एउटा कुरा बताईहालौं । म कुनैपनि धर्म र यसले परिभाषा गरेको भगवानमा विश्वास नगर्ने आध्यात्मिक नास्तिक हुँ ।
अध्यात्म र धर्मको बारेमा मेरो धारणा अरु कुनैबेला लेखौंलार “नास्तिकले बुद्धको बारे लेख्न मिल्छ ? भन्ने प्रश्नको जवाफ पनि त्यहीबेला दिउँला । तर अहिलेलाई बुद्धकै कुरा गरौं ।
अर्को कुरा, बुद्ध कहाँ जन्मिए भन्दा पनि महत्वपूर्ण कुरा यिनले दिएको ज्ञानको सही पछ्याहट हो ।
हामीकहाँ दशैंमा खसी डोर्‍याउनेदेखि, बन्दुक बोक्ने सम्मले Buddha was born in Nepal लेखिएको टि-शर्ट लगाएको मैले आफ्नै आँखाले देखेको छु ।
बुद्धको जन्मस्थानमा गर्व गर्नेले बुद्धकै शिक्षाको अपमान गर्न मिल्छ ? यो त कट्टर मुसलमानले बंगुर भक्षण गरेजस्तो भएन ?
बुद्ध, मेरो व्यक्तिगत विचारमा एक महान दार्शनिक थिए, जसले मानव विकासलाई नयाँ मोड दिए । जसरी चार्ल्स डार्विनले विकासको सिद्धान्त Theory of evolution प्रतिपादन गरे, त्यसरी नै बुद्धले आध्यात्मिक विकास Spiritual evolution को अवधारणा साकार गरे ।‌
विश्वका अधिकांश धर्म र यसले दिएको शिक्षा अहिले “चिनियाँ कानेखुशी” बनेको छ र बुद्धको उपदेश र शिक्षा पनि यसबाट अछुतो छैन । भावानुवादको सट्टा शब्दानुवाद गर्ने र अर्थलाई आफ्नो स्वार्थमा ढाल्ने चलनले बुद्धको ज्ञान “धर्म” हुन पुग्यो भने आफ्नै उपदेश विपरीत बुद्ध आफैं भगवान बने, बनाइए । किम्वदन्तीसरु थपिए, सामान्य मानिस बुद्ध Superhero महानायक बनाईए । ( जस्तो जन्मने बित्तिकै पाइला सार्ने )
बुद्धको सही ज्ञानको केही प्रतिशत मात्र पनि आफ्नो दैनिकी बनाउने हो भने मानव समाजमा ठूलो परिवर्तन हुने थियो, खास गरि अहिलेको तनावग्रस्त समयमा ।
बुद्ध न धर्म हुन्‌ न भगवान नै । यिनी त साँच्चै एशियाका मात्र होइन संसारकै ज्योति हुन । तर बिडम्बना, हामीमध्ये धेरै यो ज्योति चिन्न त परै, उल्टै कालो चश्मा लगाएर संसारलाई हकार्दै छौं ।
Buddha was born in Nepal भनेर ।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
Author: Sunil Karki

Average Rating

5 Star
0%
4 Star
0%
3 Star
0%
2 Star
0%
1 Star
0%

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ