आशा

0 0
Read Time:1 Minute, 7 Second
आमाको गर्भबाट
संगसंगै सुटुक्क जन्मेको आशा
आमाको आशामाथि
सपना बनेर थपिएको आशा
म बामे सर्दा
आमाको आशा
बामे सर्ने आशा
टुकुटुकु हिँड्ने आशा
आरोग्य आशा


मसंगै हुर्केको आमाको आशा
कहिले दियो भएर चम्कन्छ
कहिले सपनामा लौरो बनेर मुस्कुराउँछ
कहिले यता
कहिले उता
घिच्याईरहन्छ आशा
सपनाको चिचीपापा देखाउँदै
चिच्याइरहन्छ आशा

हरेक पल
मुटु कुटुक्क टोकिरहन्छ आशा
थाप्लोभरि आशा बोक्दा
गलामा अवरुद्ध पीडा
आँखाबाट छचल्किन्छ
अनि मनभरि उम्रेर झुसी भएको आशा
मुटुको भित्तामा कोतरेर
प्रश्न गर्छ
समाजले के भन्ला?

हरेक वर्ष
दशैको टीकामा जुर्मुराउँछ आशा
हरेक निद्राहिन रातमा
सपनासंग झगडा गर्छ आशा
मृत्युशैय्यामा समेत अल्झिएर
पुत्पुताइरहन्छ आशा
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
Author: Sunil Karki

Average Rating

5 Star
0%
4 Star
0%
3 Star
0%
2 Star
0%
1 Star
0%

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ