छचल्किन्छन

0 0
Read Time:1 Minute, 19 Second
छचल्किन्छन आँखा मेरो रोक्ने कुनै बाटो छैन
वाध्यताले मुग्लान छिरें अहिले टेक्ने माटो छैन
माया‌ माग्दा धोका मिल्यो साथ दिने पाटो छैन
विष पिएँ खुशी खोज्न अहिले खाने आँटो छैन

टप्किएको यो चिसो आँसु पुछ्ने कुनै हात छैन
जताततै छ हरियाली आफ्नो भने पात छैन
सपना त ठूलो नै थियो किन्ने मेरो "खात" छैन
अन्धकार छ भिरालो छ दायाँ बायाँ साथ छैन

धैर्य संग चैन मैले तिम्रै लागि साटेको थिएँ
मुटुको त्यो ढुंगा फोर्न‌ सक्छु भनि आँटेको थिएँ
तिमीले दिएका सबै पीडा आँसुले काटेको थिएँ
अरू त खै के भनौं तिम्रो पैताला नै चाटेको थिएँ

आँखाबाट टप्किन्छन आँसु ‌पुछ्दिने कोही छैन
न रातमा निद्रा न दिनमा भोक न मनमा छ चैन
मुटु त तिम्रो ढुंगा नै जस्तो मन मेरो पर्‍यो मैन
दोषी तिमी मतलबी तिमी मलाई चाहिँ लाग्यो ऐन
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
Author: Sunil Karki

Average Rating

5 Star
0%
4 Star
0%
3 Star
0%
2 Star
0%
1 Star
0%

Leave a Reply

Your email address will not be published. Required fields are marked *